समाचार

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

बुधबार बिहान कालीखोला आसपास मुसलधारे पानी परेकाले विभिन्न ठाउँमा पहिरो गएको हो ।

चितवनका विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी गाडी चलेका छन् ।  रामनगर र तीन किलोमा पहिरो र लेदो झरेकाले सडक एकतर्फी रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ ।

साना–साना खोल्सा पनि ठूलो भेल आएकाले गाडी वारपार गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

Comment here