पश्चिम नवलपरासीमा ७ प्रहरीसहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुनवल नगरपालिकामा मात्रै ४ वर्षीय बालकसहित २७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
संक्रमित प्रहरी पनि सुनवल नगरपालिकाकै हुन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा गरिएको परिक्षणमा नगरपालिकाको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका ७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन् ।
हालसम्म पश्चिम नवलपरासीमा कोरोना संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ । ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।