logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-प्रचण्डबीचको छलफल सकियो


अंकुरण खबर
858
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज करिव २ घण्टा भएको छलफलमा शुक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । तर एजेण्डा के के तय भए भन्ने अझै खुलाइएको छैन ।

सापकोटाका अनुसार तय भएका एजेण्डा स्थायी कमिटी सदस्यहरूलाई पठाइनेछ । तिनै एजेण्डामा तयारी गरेर स्थायी कमिटी सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा बोलाइएको छ ।  नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल भएको छ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदन र त्यसमा परिमार्जन गरिनुपर्ने विषय समेतमा दुई अध्यक्षबीच छलफल भएको हो ।

महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले आठ दिन लगाएर १६ पृष्ठको प्रतिवेदन बुझाएको थियो । कार्यदल गठन र त्यसले बुझाएको प्रतिवेदनले पार्टीभित्र देखिएको आन्तरिक विवाद साम्य भएको थियो ।