साउदीमा कोरोनाको कारण ५२ जना नेपालीको मृत्यु भएको छ ।
कोरोना महामारी सुरुदेखि अहिलेसम्म साउदीमा कार्यरत ५२ जना नेपालीको मृत्यु भएको साउदीका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिए ।
साउदीमा ४ हजार १३७ जनाको ज्यान गएकोमध्ये ५२ जनाको नेपालीको ज्यान गएको हो । साउदीमा अहिलेसम्म ३ लाख २२ हजार २३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जसमध्ये २ लाख ९८ हजार २४६ जना निको भएका छन् । साउदीमा झण्डै तीन लाख ५० हजार नेपाली श्रमिक कार्यरत छन् ।
जसमध्ये झण्डै २४ सय नेपालीमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।