logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

असोज १ देखि देशैभर सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा


अंकुरण खबर
3.107K
Shares

कोरोना भाइरसलाई कारण देखाउँदै लामो समयदेखि यातायात सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुले आगामी असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनमा मात्र निषेध जारी राखेको भन्दै उनीहरुरले यस्तो घोषणा गरेका हुन् ।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउने अवस्था नबने असोज १ गतेदेखि कुनै पनि हालतमा सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

असोज १ गते विश्वकर्मा पूजा रहेको र त्यस दिनदेखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चलाउने चेतावनी उनीहरुले दिएका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सार्वजनिक यातायाता चलाउने बताए ।

उनका अनुसार विभागलाई सहजीकरण गर्न र सवारी सञ्चालनका लागि विकल्प दिन भनिएको र त्यसो नभए सार्वजनिक सवारी चलाउने बताए ।

केही समय अन्तर जिल्ला र छोटा दूरीका सवारी सञ्चालन भएको भएपनि अहिले विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि सवारी चल्न सकेका छैनन् । जसको मारमा यातायात व्यवसायी र मजदूरहरु परेका छन् ।