logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि उपत्यकामा सवारी जोर-विजोर र समय तोकेर व्यापार-व्यवसाय खोल्न पाइने


अंकुरण खबर
3.146K
Shares

भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बिहीबारदेखि एक साताका लागि केहि सहज हुने भएको छ ।

उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा लागू गर्ने र व्यापार, व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा पुगेका हुन ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको हो । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए।

यसअघि उपत्यकाका जनप्रतिनिधिले समेत नाकामा कडाइ गरेर उपत्यकामा स्थिति सहज बनाउन सुझाव दिएका थिए । व्यवसायीहरुले खुल्ला गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा बुधबार राति सकिँदैछ ।