logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ


अंकुरण खबर
1.482K
Shares

जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

एक महिलालाई जबरजस्ती गरेको आरोपमा धनगढी उपमहानगरपालिका–४ सहिदगेटस्थित डडेल्धुरा होटलबाट ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा होटलका सञ्चालक कञ्चनपुर भिमदत्त नगरपालिका–९ का २० वर्षीय सञ्जु पाल, डडेल्धुरा अमरगढी नगरपालिका–१ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ का २४ वर्षीय दिपक भट्ट र डडेल्धुरा अजयमेरु गाउँपालिका–१ बस्ने २१ वर्षीय टंक धामी छन्।

उक्त होटलमा महिलालाई जबरजस्ती करणी गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।