निषेधाज्ञा खुकुलो बनाएसँगै आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन्।
उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीले बुधबार संयुक्त रूपमा गरेको निर्णयअनुसार जोर-बिजोर प्रणालीका आधारमा सवारीसाधन सञ्चालन भएका हुन् ।
जसअनुसार जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्न दिइने ट्राफिक प्रहरीले जनाएको छ ।
यसबमोजिम आज भदौ २५ अर्थात् बिजोर गते भएकाले बिजोर नम्बरवाला निजी तथा सार्वजनिक सवारीसाधन मात्र सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।