logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा वडाध्यक्षसहित थप ६८ जनामा कोरोना पुष्टि


अंकुरण खबर
975
Shares

विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडाध्यक्षसहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् । उनी होम आइसोलेशनमा बसेका छन् ।

यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् । केहि अस्पतालमा उपचाररत विरामीसमेत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ ।