logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहा कारागारका ५९ कैदीबन्दीमा देखियो कोरोना संक्रमण


अंकुरण खबर
715
Shares

सिरहामा ५९ जना कैदी बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहामा बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना कैदीबन्दी छन् । बाँकी सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीय छन् ।

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।