स्याङ्जाको पुतलीबजारमा बिहीबार १२ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।
कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरुलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, स्याङ्जाले जनाएको छ । थपिएका संक्रमितमा पाँच जना कर्मचारी रहेका छन् ।
संक्रमित हुनेमा पाँच महिला र सात पुरुष छन् । उनीहरु २५ देखि ६० वर्षसम्मका छन् । थपिएको कर्मचारीमा चार जना मालपोतका कर्मचारी, एक जना पुतलीबजार नगरपालिकाका कर्मचारी पनि छन् ।
त्यस्तै, सात जना समुदायकै रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले बताए । योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या तीन सय ४९ पुगेको छ ।