logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, १८१८ डिस्चार्ज


अंकुरण खबर
624
Shares

नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ । संक्रमितमध्ये ३५ हजार ७०० जना निको भएर घर फर्किएका छन् ।

आज मात्रै कोरोनालाई जितेर १८१८ जना घर फर्किएका छन् ।