logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा आज थपिए ५७२ जना कोरोना संक्रमित


अंकुरण खबर
1.781K
Shares

काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।