logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यका बाहिर आवतजवातमा थप कडाइ (सूचना सहित)


अंकुरण खबर
3.25K
Shares

काठमाडौं प्रशासनले उपत्यकाबाहिर आवतजावतमा थप कडाइ गरेको छ ।

बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना मार्फत काठमाडौं उपत्यका बाहिर आवतजावतमा यसअघि गरिदै आएको सहजिकरणमा थप कडाई गरिएको जनाएको छ ।

कोरोना भाइरस महामारीको जोखिमलाई ख्याल गर्दै काठमाडौं प्रशासनले पछिल्लो निर्णय लिएको हो । अब अत्यावाश्यक काम बाहेक काठमाडौ बाहिर आवतजात गर्नका लागि प्रशासनले सवारी पास उपलव्ध गराउने छैन।

अत्यावश्यका कामका लागि जानुपर्ने भए पनि निवदेन दिनुपर्ने, गन्तव्य स्थानीय तहको सिफारिस चाहिने, लगायतका कामजात पुरा भएपछि जाने व्यक्ति स्वयंम उपस्थित हुनुपर्ने काठमाडौं प्रशासनले आफ्नो सूचनामा उल्लेख गरेको छ ।