अर्थ

दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो । लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो ।

कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पु¥याएको थियो । सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अंक अर्थात् १२ दशमलव ४९ ले वृद्धि भई एक हजार ५२० दशमलव ६९ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ७१ ले वृद्धि भई ३०१ दशमलव ३८ मा पुगेको छ । कूल १८९ कम्प्नीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयर दुई अर्ब १७ करोड ६८ हजार २८३ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरोलो लाग्दा नौ उपसमूहको शेयर भने वृद्धि भएको छ।

व्यापार ३० दशमलव २१, होटल १ दशमलव १३ र सामूहिक लगानी कोष ० दशमलव ०२ बिन्दुले ओरोलो लागे। यस्तै बैंकिङ ३ दशमलव ८३, विकास बैंक १५ दशमलव ७, जलविद्युत् २ दशमलव ३१, वित्त २ दशमलव २४, निर्जीवन बीमा ३०२ दशमलव ०२, उत्पादन ३३ दशमलव २२, अन्य ० दशमलव ३९, लघुवित्त ३३ दशमलव ७३ र जीवन बीमा २०४ दशमलव ५३ ले वृद्धि भएको छ।

स्टकका अनुसार आज पनि कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी नै शीर्ष स्थानमा रहेको छ। प्रतिकित्ता ८९५ रुपैयाँमा १७ करोड २१ लाख ७२ हजार ११६ रुपैयाँको कारोबार भई सो कम्पनी शीर्ष स्थानमा रहयो। यस्तै, नागरिक लगानी कोष नौ करोड २३ लाख २४ हजार ६८७ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नौ करोड एक लाख ३१ हजार ९४६ रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी आठ करोड ५९ लाख ५७ हजार १३३ रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनी आठ करोड ४३ लाख ९१ हजार ३०४ रुपैयाँ र शिवम् सिमेन्ट सात करोड नौ लाख ८६ हजार १३६ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

यस्तै, राष्ट्रिय बीमा कम्पनी र सोही कम्पनीका संस्थापक लगानीकर्ताले समान रुपमा ९ दशमलव ९९ प्रतिशतले कमाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स ९ दशमलव ८९, एनआरएन इन्फ्रास्टकचर ९ दशमलव ८९, एनआरएन लघुवित्त ९ दशमलव १४, एभरेष्ट इन्स्योरेन्स कम्पनी ८ दशमलव १३ र नेपाल फाइनान्स कम्पनीका लगानकिर्ताले ७ दशमलव ५६ प्रतिशतले कमाए।

नबिल इक्विटी फण्ड ५ दशमलव ६४, आशा लघुवित्त ४ दशमलव १३, साल्ट टे«डिङ कर्पोरेशन ३ दशमलव ५८, यूनियन हाइड्रोपावर २ दशमलव ९४ र मल्टीपर्पस फिनान्स कम्पनीका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतले गुमाए।

Comment here