logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नेकपा स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
728
Shares

आन्तरिक विवादका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि बैठक बस्न सकेको छैन ।

पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ । सोही अनुसार आज स्थायी कमिटीको बैठक बस्ने भएको हो ।

विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्षद्धयबीच सहमति भएको छ ।