logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
819
Shares

पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंका ६३ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । २४ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

बिहीबार साँझ पनि विराटनगरको कोभिड उपचार केन्द्रमा संक्रमित एक महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१९ मिलनचौक निवासी ४० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३ सय १९ पुगेको छ ।