चितवनमा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चितवनमा ५४ जनामा शुक्रबार विहान आएको परीक्षण रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा यो नतिजा आएको हो । यीमध्ये ४० जना चितवनकै हुन् । अन्य १४ जना अन्य जिल्लाका हुन् ।
योसँगै चितवनमा एकै दिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि चितवनमा मात्र ३१ जना संक्रमित थपिएको समाचार शुक्रबार विहान आएको थियो । यीमध्ये भरतपुर महानगरपालिका वडा नं १० का मात्र १० जना रहेका छन् । अन्य संक्रमित नवलपुर, बारा, रुपन्देही, तनहुँ, मकवानपुर र गोरखाका रहेका छन् ।