logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनकी एक वृद्धामा मृत्युपछि कोरोना पुष्टि


अंकुरण खबर
832
Shares

चितवन पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धाको मृत्युपछि कोभिड-१९ पुष्‍टि भएको छ ।

दमको समस्याले यही २३ भदौमा अस्पतालमा भर्ना भएकी रत्ननगर नगरपालिका- २ की ७८ वर्षीया ती वृद्धाको २४ भदौ अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि थ्रोट स्वाब नमूना जाँच गरिएको र आज बिहान आएको नतिजामा ती वृद्धमा कोभिड-१९ देखिएको अस्पतालले जनाएको छ ।

यससँगै जिल्लाका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो ।