स्थानीय

रूखले च्यापिएर अछाममा एक युवतीको मृत्यु

अछाममा रूखले च्यापिएर एक युवतीको मृत्यु भएको छ ।

कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ वर्षीया निशा थापाको रुखले च्यापेर मृत्यु भएको हो ।

बिहीबार घर नजिकैको जंगलमा दाउरा ल्याउने क्रममा सल्लाको रूखले घाँटी च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए ।

मृतक युवती जाल्पादेवि मावि ढाकुमा कृषि जेटिएमा अध्ययनरत थिइन् ।

Comment here