logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.742K
Shares

नवलपरासी पश्चिमका एक कोरोना संक्रमितको शुक्रबार बुटवलमा मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए । थापाका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेहले पीडित थिए ।