logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा सशस्त्र प्रहरीसहित १३ जनामा कोरोना पुष्टि


अंकुरण खबर
897
Shares

तनहुँमा ५ जनासशस्त्र प्रहरीसहित १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका ५ जना प्रहरीसहित आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका स्थानीयमा भाइरस पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार भानुस्थित सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, भानुकै ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, शुक्लागण्डकीकी ५९ वर्षीय पुरुष, आँबुखैरेनीका ५१ वर्षीय पुरुष र भिमादको २० वर्षीया महिलालाई कोरोना भाइरस पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।