कतार एयरवेजले नेपालमा सातामा ३ उडान गर्ने जनाएको छ ।
सेप्टेम्बर ५ देखि नियमित उडान गर्दै आएको एयरवेजले अब सातामा तीनवटा उडान गर्ने जनाएको हो ।
नेपाल सरकारको व्यवस्थाअनुसार नेपाली नागरिक, संयुक्त राष्ट्रसंघ अन्तर्गत संस्थाका कर्मचारी, विकास साझेदार र नेपालमा काम गरिरहेकाहरुलाई हवाई सेवा दिने कम्पनीले जनाएको छ ।
नेपाल उडान गर्ने यात्रुले उडान गर्नुभन्दा अघि कोरोनाको पीसीआर गरेको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने छ ।