काठमाडौंमा शुक्रबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, शुक्रबार नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।