सिन्धुपाल्चोकमा फेरि विपत्ति आइलागेको छ । बाह्रविसे नगरपालिकाको नागपुजे, भीरखर्क र चाङसारमा पहिरो जाँदा १८ घर पुरिएका छन् ।
गएराति लगातारको भारी वर्षासँगै पहिरो गएको हो । बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा पुरिएर १२ जना वेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र र प्रहरीको टोली खटिएको छ ।
पुरिएका घर र बेपत्ताको संख्या अझै बढ्न सक्ने बताइएको छ । बाह्रबिसेको विभिन्न ठाउँमा ठूलो क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको यकिन विवरण आइनसकेको बताए । भारी वर्षापछि नागपुजे, भिरखर्क, चाङसार तथा जुगलमा समेत पहिरो गएको उनको भनाई छ ।
पानी परिरहेकोले खोज तथा उद्धारमा कठिन भएको जनाइएको छ।
सिन्धुपाल्चोकमा गत ३० साउनमा जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरो जाँदा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् ।