सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका सात घुम्थाङको नागपुच्छे र भीरखर्क पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ ।
१५ जना बेपत्ता भएका छन् । आज विहान तीन बजेतिर बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १५ घर बगाउँदा उनीहरुको मृत्यु भएको हो ।
पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, २४ वर्षीया जुनु बिक र ४० वर्षीय सर्कीनी प्रधानको शव भेटिएको हो । भीरखर्कका पाँच, नागपुच्छेका आठ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेले बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी रहेको छ । प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र र प्रहरीको टोली
स्थानीयहरु समेत खोजी कार्यमा जुटेका छन् ।
त्यस्तै जुगल गाउँपालिका पाँच चनौटेमा पहिरोले आठ घर बगाएको छ । पहिरोले आठ घर पुर्दा तीन जना घाइते भएका छन् । माथिबाट पहिरो आएपछि स्थानीय भागेकाले मानवीय क्षति भने भएको छैन । पहिरोका कारण ५० घर जोखिममा परेका छन् ।