logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक पहिरो अपडेट : पुरिएका ७ जनाको शव फेला


अंकुरण खबर
1.443K
Shares

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा हराइरहेका मध्ये ७ जनाको शव फेला परेको छ । भेटिएका सात शवको पहिचान हुन सकेको छैन ।

बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका २४ घर बगेका थिए । अझै २४ जना हराइरहेका छन् ।

पहिरो गएको स्थलमा सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका छन् । उनी आज बिहानै घटनास्थल गएका हुन् ।

पहिरोमा वेपत्ताको खोजीकार्यमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीका साथै स्थानीय तहका प्रतिनिधि र स्थानीयबासी जुटेका छन् ।

भीरखर्कबाट पहिरो नागपुजे हुँदै भोटेकासीसम्म खसेको थियो ।