logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा होम क्‍वारेन्टिनमा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु


अंकुरण खबर
806
Shares

चितवनमा होम क्‍वारेन्टिनमा बसेकी कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका ५, टाइगर चोककी ८५ वर्षीया महिलाको आज बिहान ६ बजेको समयमा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार दीर्घरोग रहेकी ती वृद्धाको भदौ ११ गते स्वाब संकलन गरिएकामा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

उनी क्यान्सरकी बिरामी पनि थिइन् । शरीरमा हेमोग्लोबिनको मात्रा पनि कम भएको र उनलाई कोरोना पोजेटिभ पनि देखिएका प्रमुख तिवारीले बताए ।