logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार वर्षे कार्यकाल सकाएर आज विदा हुँदै कुलमान


अंकुरण खबर
1.781K
Shares

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिँदैछ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा २०७३ भदौ २९ मा नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आजबाट सकिँदैछ । उनी प्राधिकरणबाट आजै विदाइ हुँदैछन् ।

प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्। प्राधिकरणमा उनलाई विदाइ गर्ने आज कुनै औपचारिक कार्यक्रम नभएको तर आज रातिसम्म क्याबिनेटले उनलाई पुन: नियुक्तिको निर्णय गरेन भने भोलि उनी प्राधिकरण नआउने प्राधिकरण स्रोतले बताएको छ ।

प्राधिकरणको आगामी चार वर्षे कार्यकालका लागि पुन: कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना रहेको स्रोतले बताएको छ । उनको कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि सामाजिक सञ्जालमा घिसिङलाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिनुपर्ने जोडदार माग उठिरहेको छ । ऊर्जा मन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा रहेको बुझिएको छ ।

घिसिङ २०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए । उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए । यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिका माग भइरहेका छन् ।