सुदूरपश्चिम प्रदेशमा आइतबार थप ७३ जनालाई कोरोना पुष्टि भएको छ ।
सेती अस्पतालमा गरिएको परिक्षणमा थप ७३ जनालाई कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये २३ जना महिला र ५० जना पुरुष रहेका छन् ।
नयाँ संक्रमितहरुमा कैलाली जिल्लाका ६९ जना रहेका छन् भने कंचनपुरका ३ जना र डडेल्धुराका एक जना रहेको सेती अस्पतालले जानकारी दिएको छ ।
नयाँ संक्रमितहरुमा धनगढी नगरपालिकाका ६७ जना रहेका छन् भने गोदावरी र लम्कीचुहाका एक एक जना रहेका छन् ।