logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा थपिए १० जना कोरोना संक्रमित


अंकुरण खबर
988
Shares

पछिल्लो २४ घण्टामा कर्णालीमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार १० जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका पाँच जना, जुम्लाका दुई जना, दैलेख, रुकुम पश्चिम र सिराहाका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २७८६ पुगेको छ ।