logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना पीसीआर परीक्षण अब दुई हजार रुपैयाँमै


अंकुरण खबर
1.066K
Shares

सरकारले पीसीआर परीक्षणमा लाग्ने परीक्षण शुल्क घटाएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब पीसीआर परीक्षणका लागि २ हजार शुल्क तिरेर मात्र गर्न सकिने जानकारी दिए । उनले भने, ‘स्रोत साधनको सहज उपलब्धताका कारण परीक्षण शुल्क घटाएर २ हजार रुपैयाँ गरिएको छ ।’

बजारमा कोरोना परीक्षणमा प्रयोग हुने स्वास्थ्य सामग्रीको मूल्य घटेकोले परीक्षण  शुल्क पनि घटेको उनले बताए ।

यसअघि सरकारले परीक्षण शुल्क ४ हजार ४ सय रुपैयाँ तोकेको थियो ।