आइतबार सात जिल्लामा सक्रिय संक्रमितको संख्या नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ र म्याग्दीमा सक्रिय संक्रमित छैनन्। त्यस्तै डोल्पा, मुगु र हुम्लामा पनि सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ ।
८ जिल्लामा भने ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवनमा ५०० भन्दा बढी सक्रिय संक्रमितको संख्या छ। त्यसैगरी भक्तपुर, ललितपुर र रुपन्देहीमा पनि ५०० बढी संक्रमित छन् ।