logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विभिन्न अस्पतालका भेन्टिलेटरमा २३ र आईसीयूमा १६९ जना उपचाररत


अंकुरण खबर
1.768K
Shares

कोरोना भाइरसबाट संक्रमित २३ जना देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा रहेका छन्।

प्रदेश १ मा एक, बागमतीमा २०, प्रदेश ५ मा एक र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १६९ जना आईसीयूमा उपचाररत छन् । प्रदेश १ मा ६, प्रदेश २ मा नौ र बागमती प्रदेशमा ११७ जना आईसीयूमा उपचाररत रहेका छन्।

गण्डकीमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।