logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटनामा क्रिकेटर ललित भण्डारी गम्भीर घाइते


अंकुरण खबर
1.742K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी आइतबार मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन्।

भण्डारी सवार मोटरसाइकललाई कञ्चनपुरको शुक्लाफाटामा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा जुद्धा मोटरसाइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना सख्त घाइते भएका हुन।

क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको छ। घाइते भण्डारीको झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए।