logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा प्रहरी र स्वास्थ्यकर्मीसहित १७ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
1.456K
Shares

गण्डकी प्रदेशको राजधानी पोखरामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको सोमबार विहान ७ बजेसम्मको जानकारी अनुसार ४ जना महिलासहित १७ जनामा संक्रमण पुष्‍टि भएको हो । संक्रमित हुनेमा प्रहरी र स्वास्थ्यकर्मी पनि छन् ।

निर्देशनालयका अनुसार पोखरा-४ र १७ मा नेपाल प्रहरीमा कार्यरत ७ जनामा संक्रमण पुष्‍टि भएको छ । यस्तै पोखरा महानगरपालिकामा कार्यरत पोखरा-८ की २१ वर्षीया महिला स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको हो ।

त्यस‌ैगरी भारतबाट आई क्‍वारेन्टाइनमा बसेका पोखरा-१४, १७ र ३३ का तीनजना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ  भने जापानबाट फर्किएर क्‍वारेन्टाइनमा बसेका पोखरा-७ का ४४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

अन्य संक्रमितहरुमा पोखरा-१४ का तीन महिला र दुई पुरुष छन् । उनीहरुमध्ये एकजना ६ वर्षीय बालक रहेका छन् । पाँचैजना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

सोमबार विहानको रिपोर्टअनुसार पोखराका १७ जनासहित गण्डकी प्रदेशभर १९ जना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीका १७ जना र बाग्लुङका २ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशभर कुल संक्रमितको संख्या २९९१ पुगेको छ ।