logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुका ५८ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु


अंकुरण खबर
910
Shares

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ निवासी ५८ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार रुपन्देहीको भिम अस्पताल भैरहवामा उपचाररत पुरुषको गए राती १० बजे मृत्यु भएको हो ।

उनलाई दमको रोग रहेको र भदौ २२ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यससँगै कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।