रुपन्देहीको बुटबलस्थित कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका-५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनका अनुसार ती महिला बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आइसीयुमा उपचार भइरहेको थियो ।
उनी मिर्गौला रोगबाट पीडित रहेका थिए ।