चितवनमा भतरपुर महानगरका ११ जनासहित थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् ।
भरतपुर अस्पतालले भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको जानकारी सोमबार बिहान दिएको हो ।