नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा र अर्का पाइलटलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार नियमित परीक्षणका क्रममा दुई पाइलटमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब संकलन गरि स्वास्थ परीक्षण गर्दा आज आएको नतीजामा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई अहिले सोल्टीको आइसोलेसनमा राखिएको छ ।