logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान


अंकुरण खबर
1.248K
Shares

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पुर्पक्षका लागि जेल चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

ग्यालजेन दोर्जे तामाङलाई न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

उक्त आरोपमै पक्राउ परेका मध्ये ३ जना १५–१५ हजार धरौटी तिरेर तारेखमा छुटेका छन् भने ५ जनालाई साधारण तारेखमा छाडिएको छ।

२४ भदौमा ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। ‘मंगोल होप अफिसियल’ नामक युट्युव च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो गीत सार्वजनिक गरिएको थियो। उक्त गीतमा सामाजिक सदभाव खलबलाउने हिसाबले शब्दहरु पनि राखिएका थिए।