Breaking Newsराजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, कुलमानबारे के आउला निर्णय?

मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि मात्रै शुरु भएको हो ।

मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको कारण यो नियमित बैठक हो । तर आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्ने बताईएको छ ।

बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबारे निर्णय गर्न सक्ने बताइएको छ । प्राधिकरणका सीईओ कुलमान घिसिङको कार्यकाल आइतवार सकिएको छ । उनी दोहोरिन सक्ने सम्भावना छ ।

Comment here