logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
819
Shares

रुपन्देहीमा सोमबार थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको ज्वरो क्लिनिकमा उपचाररत् सिद्धार्थनगर नगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पालका सूचना अधिकारी डा. विष्णु गौतमले सोमबार बिहान अस्पतालमा भर्ना भएकी उनको दिउँसो मृत्यु भएको जानकारी दिए।

सिकिस्त अवस्थामा अस्पताल आएकी उनको जिन एक्सपर्ट मेसिनमार्फत् पिसिआर परीक्षणसँग उपचार सुरू गरिएको थियो। उच्च ज्वरो तथा श्वासप्रश्वासको समस्या लिएर आएकी उनको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए।