logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निजी प्रयोगशालाले भने- दुई हजारमा पीसीआर परीक्षण गर्न सक्दैनौँ


अंकुरण खबर
780
Shares

निजी प्रयोगशालाले प्रति व्यक्ति दुई हजार रुपैयाँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्न नसकिने जनाएका छन्।

लागत बढी पर्ने भन्दै निजी प्रयोगशाला संञ्चालकले दुई हजार रुपैयाँमा पीसीआर गर्न अस्वीकार गरेका हुन् । दुई हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकले निकालेको विज्ञप्तिमा उल्लेख छ।

पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत दुई हजार रुपैयाँभन्दा बढी पर्ने उनीहरूको दाबी छ। दर तोक्ने बेलामा आफूहरूसँग सल्लाह नगरेको उनीहरूको गुनासो छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर परीक्षणको दर दुई हजार निर्धारण गर्दै त्यसैअनुसार गर्न आज पत्राचार गरेको थियो। तर निजी प्रयोगशालाले त्यसलाई अस्वीकार गरेका हुन्।

सरकारले भने निर्णय नमान्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ।