logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

दाङमा थपिए ४४ जना कोरोना संक्रमित


अंकुरण खबर
1.014K
Shares

दाङमा सोमबार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वब परीक्षणमा घोराही उपमहानगर का १९ जना, शान्तिनगर का १७ जना, बबई का ८ जना मा कोरोना पोजिटिभ देखिएको हो ।

प्रतिष्ठानमै गरिएको स्वाब परीक्षणमा सल्यान शारदा नगरपालिकाका २ र रोल्पा त्रिवेणी गाउँ पालिकाका २ जनामा पनि कोरोना देखिएको छ।

गत २४ घण्टामा प्रतिष्ठानले १ सय ९५ जनाको स्वाब जाँच गरेको छ । पुष्टि भएका ४४ जना सहित दाङमा कोरोना संक्रमित को संख्या ९ सय १९ पुगेको छ ।