Breaking Newsस्थानीय

सिन्धुपाल्चोक बाढी पहिरो : दुई महिनायता मात्रै ७४ को मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढी पहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ ।

यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् ।

आइतबार बाह्रबिसे नगरपालिका सातमा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ । १७ बेपत्ता अझै बेपत्ता छन । असार २४ गते बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा गएको पहिरोमा बेपत्ता १७ जनाको शव अझै फेला परेको छैन ।

साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका दुई जना अझै फेला परेका छैनन् । पहिरोमा परी जिल्लाभर १ सय ३० घर पूर्णरूपमा क्षति भएका छन् ।

यस्तै बाढी पहिरोले सयौँ परिवार विस्थापित भएका छन् । दुई हजार भन्दा बढी परिवार स्थानान्तरण गर्नुपर्ने देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Comment here