ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सोमबार राति आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन यता ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएका थिए ।
सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भने, ‘म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।’
उनी अहिले उपचारका लागि इमाडोलमा रहेको किष्ट मेडिकल कलेजमा भर्ना भएका छन् ।