logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणी अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.638K
Shares

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

सघन उपचार कक्षमा उपचार गराइरहेकी बाराको डुमरवानाका ५५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।

ती महिला सोमबार अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनी मधुमेह र उच्च रक्तचापको समेत विरामी थिइन् ।

उनको अस्पताल भर्ना भएको आठ घन्टामा मृत्यु भएको जनाइएको छ ।