logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा घरायसी विवादमा बुवाले गरे छोराको हत्या


अंकुरण खबर
1.287K
Shares

पर्साको पोखरिया नगरपालिका–६ श्रीसियामा बाबु–छोराबीच विवाद हुँदा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ ।

सोमवार साँझ सवा ७ बजे बाबुछोराबीच विवाद हुँदा ७० वर्षीय लक्ष्मी साह रौनियारले ३५ वर्षीय माधो साह रौनियारलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि वीरगंज ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।

रक्सी खाएर आएका लक्ष्मीलाई छोरा माधोले किन रक्सी पिएको बरु दुध पिउनु भन्दा विवाद भएको थियो । विवादपछि लक्ष्मीले माधोलाई चक्कु प्रहार गरेको स्थानीयले बताएका छन् ।

चक्कु प्रहार गर्ने लक्ष्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रनि चन्द्र सिंहले बताएका छन् ।