नेपाली बजारमा मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार छापावाला सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।